हिन्दु राष्ट्रसहित राजतन्त्रको पुन : स्थापनाको माग गर्दै प्रदर्शन



सप्तरी : पृथ्वी जयन्तिको अवसरमा राजतन्त्र तथा हिन्दु राष्ट्र समर्थक पक्षले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र निर्माता पृथ्वी नारायण शाह, हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा नारा लगाउँदै मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको हो ।

२०४७ को संविधान, हाम्रो अभियान नामक संगठनले स्थानिय शिव मन्दिरमा आमसभाको आयोजना गर्दै पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गर्दै हिन्दु राष्ट्रसहित राजतन्त्रको पुन ः स्थापनाको माग गरेका छन् ।

संगठनका अध्यक्ष किशोरी महतोले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेको भन्दै निकासका लागि राजतन्त्र पुन ः स्थापना र हिन्दु राष्ट्र कायम गर्नु आवश्यक रहेको बताए ।

त्यस्तै, हिन्दु सेना नेपाल सप्तरीले स्व.पृथ्वी नारायण शाहको मूर्ती र बाजागाजासहित राजविराज नगर परिक्रमा गरेको छ । स्थानिय राजरंगशालाबाट निस्केको जुलुसमा ठूलो संख्यामा मानिसहरु सहभागि थिए ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्