कोभिडले बन्द भारतीय सीमा नाका चाँडै खुल्छ : उपप्रम पोखरेल



बारा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड-१९ले लामो समयदेखि बन्द रहेको नेपाल-भारत सीमा नाका चाँडै खोलिने बताएका छन् ।

बाराको कलैयामा सोमबार आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उनले भने,‘सीमा नाका बन्दले मधेशमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ ।

पोखरेलले सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले पनि बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न उनले आग्रह गरे । ‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने ।

बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए । सम्बोधनको क्रममा मन्त्री पोखरेलले नेकपा अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसकिने बताए ।

प्रकाशित : २७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्