काँग्रेसको प्राथमिकता निर्वाचन हो : उपसभापति निधि



जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको प्राथमिकता निर्वाचनको तयारी रहेको बताएका छन् ।

उनले संसद पुनःस्थापना र निर्वाचन दुवै विकल्प आफूहरुलाई मञ्जुर रहेको बताएका छन् । निधिले नेपाली कांग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाती राखेर राष्ट्रिय निर्वाचनमा लाग्नु पहिलो प्राथमिकता बनाउनु पर्नेमा जोड दिए ।

सोमबार जनकपुरमा जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका उपसभापति निधिले संविधानलाई ट्रयाकमा ल्याउनका लागि प्रतिनिधिसभा आवश्यक रहेकोले प्रतिनिधिसभा अपरिहार्य रहेको बताए । उनले भने ‘म आफै पनि महाधिवेशनको तयारीमा लागेको थिएँ तर अहिले प्राथमिकता बदलिएको छ।’ अगाडि भने ‘पहिले पार्टीको महाधिवेशन प्राथमिकता थियो, अब प्रतिनिधिसभाको राष्ट्रिय निर्वाचन पहिलो प्राथमिकता हो ।’

उनले भने, प्रतिनिधिसभा फर्काउनका लागि सर्वोच्च अदालतको फैसला वा निर्वाचन मात्र विकल्प रहेकाले काँग्रेस दुवै विकल्पका लागि तयार छ । उनले सडकबाट संसदको पुनःस्थापना सुरक्षित नरहेकाले अदालतको फैसलाले जे निर्णय गर्नेछ,त्यो नै मान्य हुने बताए ।

उनले भने, ‘लोकतान्त्रिक दलको हैसियतले काँग्रेस चुनावबाट कहिले भाग्दैन पार्टीकै कतिपय साथीहरू अहिले चुनावमा जानु हुँदैन भन्नुहुन्छ, पुनःथापनामा जोड दिनुहुन्छ । यदि संसद पुनःस्थापना भइदिएमा के हामी चुनावको तयारी नगर्ने त रु दुई वर्षपछि चुनावको तयारी गर्ने कि अहिले देखि नै रु’

उनले भने, ‘रामचन्द्र पौडेलजी खाली पुनःस्थापना भन्नुहुन्छ र देउवाजी–पुनःस्थापना भएपनि ठीक, निर्वाचन भएपनि ठिक भन्नुहुन्छ । त्यसैले दुवैजना बेकार झगडा गरिरहनु भएको छ ।’ उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले प्रतिनिधिसभा पुनःस्थापित नभए काँग्रेसले महाधिवेशनको एजेण्डा पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्