शहिद पत्रकार सिंहको १२ औं स्मृति दिवसमा ५ लाखको अक्षयकोष स्थापना



जनकपुरधाम : शहिद पत्रकार उमा सिंहको आज १२ औं स्मृति दिवस मनाइएको छ । पत्रकार सिंहको स्मृति दिवस जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको छ । पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा दिनदिनै चूनिती र जोखिमहरु बढ्दै गईरहेको बताए । उनले यस्ता जोखिमहरु बढ्दै गएपनि यसबाट पत्रकारले डराउन नहुने सुझाव समेत दिए ।

उनले भने,‘पत्रकारिता पेशा नै चूनौतिको पेशा हो । त्यसैले यस्ता चूनौतिहरु जति आएपनि यसबाट हामीले डराउनु पर्दैन । सबै आरोह र अवरोधलाई पार गर्दै अगाडी बढ्नुपर्दछ ।’ श्रद्धाञ्जली सभामा वरिष्ठ पत्रकार बिएम खनाल, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, पुर्व केन्द्रिय सदस्य अजय कुमार मिश्रलगायतकाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

त्यस्तै क्रियाशील पत्रकार महिला धनुषाले समेत स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको थियो । यसैबिच जनकपुरधाम उपमहानगरपालिकाले समेत शहीद पत्रकार उमा सिंहको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरेको छ । नगरप्रमुख लालकिशोर साहले गत वर्ष नै स्वर्गीय पत्रकार सिंहको नाममा अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका थिए ।

सिंहको स्मृति दिवसको अवसरमा उपमहानगरपालिकाले आज बिहान आयोजना गरेको श्रद्धाञ्जली सभामा मेयर साहले अक्षय कोष सञ्चालनका लागि बैंकमा रकम जम्मा गरिसकिएको जानकारी दिए । यस अक्षय कोषबाट उमा सिंहको नाममा उत्कृष्ट काम गर्ने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खड्काले अक्षयकोषमा रकम जम्मा गर्न लेखाका कर्मचारीलाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।स्थानीय रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम-१४ रजौलस्थित डेरामा अपराधीहरुको एक समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न

काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार

जेनेभा : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता