‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ आज हुँदै



काठमाडौं : रहेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ आज हुँदैछ । एनएसजेएफले आयोजना गर्ने अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी, प्रशिक्षक र संघलाई एकै थलोमा सम्मान गर्ने गरिन्छ ।

यस वर्षको अवार्ड ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा अपराह्न साढे ४ बजेपछि हुँदैछ । पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दि इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान घोषणा गरिनेछ ।

वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, पिपुल्स च्वाइस र प्रशिक्षकमा ५–५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । जसमध्ये एक–एक जनालाई आज विजेता घोषणा गर्न लागिएको हो । विजयीले एक–एक वटा पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, कराँतेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् । जसमध्ये सर्वाधिक मत प्राप्त गर्ने खेलाडी विजेता बन्नेछन् ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् भने वर्ष महिला खेलाडीतर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयमा परेका छन्।

यस्तै वर्ष युवा खेलाडीको मनोनयममा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामांग, जुडेकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ परेका छन्। वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्