नमस्ते पोखरा प्रिमियर लिग : विराटनगरले टस जित्याे, पहिला ब्याटिङ गर्ने



नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत साेमबार दुई खेल हुँदैछन् ।

 

पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्लद्वारा प्रेरित काठमाडौं रोयल्स खेल्दैछन् । पोखरा रंगशालामा केही बेरमा सुरु हुने खेलमा टस सकिएको छ ।

विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुई खेलमा पराजित भएको विराटनगरलाई दबाब सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्