प्रचण्ड–माधव समूहले आज देशव्यापी घर–घरमा पर्चा वितरण गर्दै



काठमाडौं : नेकपाको प्रचण्ड–माधव समूहले आज संसद विघटनविरुद्ध देशव्यपी घर–घरमा पर्चा वितरण गर्दै छ ।

प्रतिनिधि सभा विघटविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रममा रहेका प्रचण्ड–माधव समूहले आज हरेक घरमा पर्चा वितरणसँगै गाउँटोलमा कालो झण्डा गाड्ने तथा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने तयारी गरेको छ ।

साथै आज नै यस समूहले प्रदेशस्तरिय कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम गर्दैछ । सोमबार प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिमा कार्यकर्ता भेला गरेको प्रचण्ड–माधव समूहले आज प्रदेश दुई, गण्डकी र कर्णाली प्रदेशमा यो कार्यक्रम गर्ने भएको हो । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रम गरिरहेको छ ।

प्रधामन्त्री ओलीको सिफरिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै अहिले प्रचण्ड–माधव समूह आन्दोनमा छ । तर ओली पक्षले भने संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भनेको छ ।

असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीले नपाउने भन्दै पचण्ड र माधव नेकपाले संसद पुनस्र्थापनाको लागि संघर्ष गरिरहेको छ । ओलीले संविधान र लोकतन्त्रसँगै मुलुकलाई नै भड्खालोतर्फ धकेलेको आरोप लगाउँदै प्रचण्ड–माधव समूहले संसद पुनस्र्थापनाको विकल्न नभएको अडान राखेको छ ।

यता ओली समूहले भने कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्र्थापना नुहने भन्दै बैशाख १७ र २७ मै मध्यावधि निर्वाचन हुने दाबी गर्दै आएको छ । यद्यपि संसद विघटनसम्बन्धी मुद्धा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्