निर्वाचन नै एकमात्र विकल्प : साह



मलंगवा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले नेपालको संविधानबमोजिम नै प्रतिनिधि सभा विघटन गरिएकाले निर्वाचनको विकल्प नभएको बताएका छन् ।

नेकपा सर्लाही जिल्ला कमिटीद्वारा आयोजित सभामा बोल्दै उनले वैशाखमा हुने संसदीय निर्वाचनका लागि तयार रहन सर्वसाधारण मतदातालाई आग्रह गरे । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा नक्कली भएको बताउँदै उनले केपी शर्मा ओली नेतृत्वको नेकपा नै असली भएको र असली नेकपाले नै आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरे ।

प्रधानमन्त्री बन्ने उत्कट आकांक्षा बोकेर प्रचण्ड र नेपालले ओली नेतृत्वको सरकारलाई काम गर्न नदिएको र चौतर्फी घेराबन्दीमा पारेपछि बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै उनले अव संसदीय निर्वाचनबाहेक अन्य विकल्प नभएको बताए । उनले आफूहरुले विकासलाई प्राथमिकतामा राखेर काम गरेकाले विकासलाई रोज्न सर्वसाधारणलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्