बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका-४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटसाइकल चालक ककनी गाउँपालिका-२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङ हुन् । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ सवार ३-०२-००९ प २८५० नम्बरको मोटरसाइकललाई ना.२ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्