६३ क्युफिट काठसहित टिपर प्रहरीको नियन्त्रणमा



दाङ : कागजपत्र नभएको ६३ क्यूफिट सालको चिरान काठसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान ८ बजे गढवा गाउँपालिका-२ महदेवाबाट ६३ क्युफिट सालको चिरान काठसहित प्रहरीले रा १ ख ९९५ नम्बरको टिपर पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

नियन्त्रणमा लिइएको काठ र सवारी साधनलाई सव-डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्