पार्टी एकतालाई ओलीले पद प्राप्त गर्ने माध्यम बनाएः प्रवक्ता श्रेष्ठ



पोखरा : नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदबाट हट्ने देखेपछि संसद् विघटन गरेको बताएका छन् ।

ओली समूहले संसद् विघटन गर्नु बाध्यता भएको बताउने गरेको भन्दै श्रेष्ठले प्रश्न गरे, ‘के प¥यो त्यो बाध्यता रु निजी स्वार्थले संविधान मिच्न पाइन्छ रु संविधान भत्काउन पाइन्छ ?’ उनले संसद् विघटनको कदमलाई संवैधानिक भनेर कसरी निद्रा लाग्छ भन्दै प्रश्न पनि गरेका छन् ।

गण्डकी प्रदेश कमिटीले पोखरमा आयोजना गरेको भेलामा बोल्दै उनले ओली समूहका नेताहरुलाई प्रश्न गरेका हुन् । ‘कसरी संवैधानिक भन्न सक्नुहुन्छ रु कसरी निद्रा लाग्छ रु सबैले यस्तो संविधान बनाएको भनेर प्रशंसा गरेको उनले ओली समूहका नेताहरुलाई आत्मालोचना गर्न आग्रह गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्ने दावी गरे । प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने उनले बताए । उनले देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्यसलाई ओलीले पद प्राप्त गर्ने माध्यममात्र बनाएको आरोप लगाए ।

‘के पार्टी एकता एक जना व्क्तिलाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै हो, प्रधानमन्त्री ओली र उनको समूहले यसको जवाफ दिनुपर्छ’, उनले भने । प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकबाट भागेर असंवैधानिक काम गर्न पुगेको बताए । उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नहुँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने डरले प्रतिनिधि सभा विघटन गर्न पुगेको बताए ।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनः स्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारिक पार्टी आफ्नो हुने हल्ला चलाइरहेको बताए ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्