चालकहरु अान्दाेलनमा, यात्रुहरु हिडेरै गन्तव्यतिर



पोखरा । गएको भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताको बिरोधमा पोखरामा सार्वजनिक गाडीका चालकहरु आन्दोलित भएका छन् । नयाँ ऐनले चालहरुलाई मनपरी थुन्ने र दुःख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

पेशा व्यवसाय गर्दा अन्जानमा हुने गल्तीले पनि जिन्दगीभरी कारबाही भोग्नुपर्ने अवस्थाको सृजना नयाँ ऐनले गरेको उनीहरुको भनाई छ ।

आन्दोलनका कारण बिहीबार पोखरामा सार्वजनिक गाडी चल्न सकेका छैनन् ।

भित्री सडकहरुमा नगरबसहरु केही चले पनि मुख्य सडकहरुमा गाडीहरु बन्द छन् । आफ्ना गाडीहरु घरघरमै राखेर ड्राइभरहरु पृथ्वीचोकमा भेला भएका छन् । लामो दूरीका बसहरु पनि पोखराबाट छुट्न दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्