आज ४३० कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ । ३९० जना संक्रमित निको भएका छन् । योसँगै २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

आज थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको छ । आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको र २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख २३ हजार २८४ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित भएका छन्, जसमध्ये ४८२ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ४२७ जना निको भएका छन्।

यसैगरी ललितपुरमा १५ हजार ६४४ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ भने १५ हजार ३६७ जना निको भएका छन्। क्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ६३ पुगेको छ । जसमा १११ को मृत्यु भएको छ भने ८ हजार ८६४ जना निको भएका छन्। हाल काठमाडौंमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्