बाघको छालासहित पक्राउ



काठमाडौं : काठमाडौंमा बाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रबाट बाघको छाला अवैधरूपमा विक्रीवितरण हुन लागेको भन्ने सूचनाको आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार ६ फिट २ इन्च लम्बाइ र १ फिट २ इन्च चौडाइ भएको छाला बरामद भएको छ ।

थप अनुसन्धान गर्न प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्