१० हजार घुससहित प्रहरी हवल्दार शान्ति पक्राउ



पोखरा : ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी १० हजार घुस रकमसहित पक्राउ परेकी छिन्।

भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिईको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्