ओलीकाे पक्षमा उभिन खेलाडीहरुलाई गृहमन्त्रीको आह्वान



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन खेलाडीहरुलाई आव्हन गरेका छन् ।

आज आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आव्हान गरेका हुन् ।

उनले प्रचण्ड-नेपाल समुहलाई “गुट”को संज्ञा दिंदै पार्टी फुटाउने र गुटबन्दी गर्ने नभई पार्टीको पक्षमा उभिन आव्हन गरे । उनले भने-“हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास सम्भव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? र देश विकासको दिशामा अघि बढ्न सक्छ ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ । स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ? ”

मुलुकमा अस्थिरता चाहने र एकता र स्थिरता चाहनेहरु विभाजित भएको र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न

काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार

जेनेभा : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता