नेपाललाई साढे २ करोड डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउन रुस तयार



काठमाडौं : रुसले आफूले उत्पादन गरेको कोराना विरुद्धको खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रुसी विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताउँदै आइरहेको छ । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि रुस, भारत, चीनलगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावासले पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको बताएको छ ।

नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ । अन्य मुलुकका नागरिकले धामधम कोरोनाविरुद्धको खोप पाउँदै गर्दा नेपाल सरकार भने अहिले सम्म कहाँबाट कुन खोप कहिले ल्याउने भन्नेमा नै अलमलमा देखिएको छ ।

सरकारले खोप उत्पादक देशहरुसँग खोप आयातका लागि कूटनीतिक पहल भइरहेको भने पनि मिति नै तोकेर यसबेलासम्म नेपाली नागरिकले खोप पाउँछन् भनेर भन्न सकिने अवस्था भने नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्