बन्चरोले प्रहार गरी श्रीमतीको हत्या



कपिलवस्तु : शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।  आइतबार राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। 

 

मजदुरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए। आइतबार राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन्।  हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। 

 

शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ।

प्रतिक्रिया दिनुहोस्