१० किलो गाँजासहित २ जना पक्राउ



जनकपुरधाम : सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह हुन् ।

ज.११ प.७९७१ नं.को मोटरसाइकलमा सवार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका १३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्