नेप्से पहिलो घण्टामा १७.२७ अंकले बढ्यो (१२ बजेको अपडेट)



काठमाडौं : पुष महीनाको अन्तिम कारोबारको दिन आज (बुधवार) कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक १७.२७ अंकले बढेर २ हजार २८५.०१ विन्दुमा पुगेको छ ।

२ हजार २७९.०४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.७६ प्रतिशतले बढेको हो । पहिलो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको ११ हजार २२१ पटकको कारोबारमा २४ लाख ५४ हजार ११५ कित्ता शेयरको १ अर्ब २ करोड ६१ लाख बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक १ दशमलव १३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड १ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयर मूल्य ५०२ मा कारोबार भइरहेको छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्