मन्त्री भट्ट र ठगुन्नालाई कालो झण्डा



काठमाडौं : डडेल्धुरामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको जिल्ला कमिटी विस्तारका लागि बुधबार डडेल्धुरा पुगेका मन्त्रीद्वय भट्ट र ठगुन्नालाई बागबजार र बसपार्क क्षेत्रमा कालो झण्डा देखाएको हो ।

अनेरास्ववियु डडेल्धुराका युवाहरुले कालो झण्डा देखाएर विरोध गरेका हुन् । तर जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले भने यस विषयमा जानकारी नभएको बताए ।

प्रकाशित : २९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्