हाब्रेको छालासहित २ जना पक्राउ



काठमाडौं : काठमाडौंको बसुन्धाराबाट हाब्रेको छालासहित प्रहरीले २ जना पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३ बसुन्धारा चोकमा अवैधरूपमा वन्यजन्तु आखेटोपहार (हाब्रेको छाला) औसार-पसार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको डिएसपी प्रमेश विष्टले बताए । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका १ का २५ वर्षीय जय भण्डारी र २१ वर्षीय जेनष सार्की हुन् ।

उनीहरूबाट प्रहरीले एक अखेटोपहार हाब्रेको छाला बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले वन डिभिजन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्