कम्प्युटर अपरेटर ४३ हजार घुससहित पक्राउ



काठमाडौं : बालाजुस्थित आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजन शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाईसमेत नियन्त्रणमा लिएको छ ।

कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिने र दिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्