
काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली र उनले नेतृत्व गरेको गुट गलत बाटोमा गएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजना भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ओली गुट गलत बाटोमा छ । तपाईंहरू भ्रममा नपर्नु । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो ।’
नेपालले ओली समूहको पार्टी, पार्टी नभई सडकको धुलो भएको टिप्पणी गरे । ‘ओलीमा आरचण, संस्कार र सोच केही छैन । यनको समूहका कोही टिक्नेवाला छैन । त्यहाँबाट असन्तुष्ट भएर यता आउने साथीहरूको संख्या धेरै छ,’उनले भने ।
प्रकाशित :२९ पुष, २०७७