आज ४४५ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ४ हजार ४ सय ३४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ । आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हाल २ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् । निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं २४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

हालसम्म काठमाडौंमा मात्र ९९ हजार ३३९ जना संक्रमित भएका छन्, जसमध्ये ४८३ जनाको मृत्यु भएको छ । ९६ हजार ५५१ जना निको भएका छन् । ललितपुरमा १५ हजार ६८२ जना संक्रमित भएका छन् । जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा १५ हजार २४० जना निको भएका छन् ।

भक्तपुरमा ९ हजार ८२ संक्रमितमध्ये १११ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८६९ जना निको भएका छन् । आज काठमाडौंमा २ हजार ३०५ ललितपुरमा २९० र भक्तपुरमा १०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्