प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा



काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा हेर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि शुक्रबारसम्मलाई हेर्दा हेर्दैमा राखिएको हो ।

आज संवैधानिक इजलासमा भएको बहसमा दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो ।

मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय आज हुन सकेन । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए । सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवेदन दिएको थियो ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्