भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड ५ लाख



नयाँदिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख््या १ करोड ४ लाख ९५ हजारभन्दा बढी पुगेको छ ।

गत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २०२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ५२९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड १ लाख २९ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा २ लाख १४ हजार ५०७ सक्रिय संक्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३८६ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने जनाएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ । रासस

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्