ललितपुर महानगरपालिको कार्यालयमा अनुगमन (विज्ञप्तिसहित)



काठमाडौं : आज ललितपुर महानगरपालिको कार्यालयमा भ्रटाचार विरुद्धको महा-अभियानले अनुगमन गरेको छ ।

कर्मचारीहरु विना पोशाक कार्यलय जाने, समयमा उपस्थित नहुने, सेवाग्राहीलाई अनावश्यक दुः ख दिने जस्तो जनगुनासो बढेपछि अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा इन्धन खर्च एक वर्षमा २ करोड ५१ लाख ५ सय ३३ रुपैया, इन्टरनेट खर्च ३५ लाख ३ हजार १ सय ४८ रुपैयाँ, भत्ता मात्र ६ करोड ९५ लाख ९ हजार ५ सय ३२ रुपैयाँ, प्रशासनीक खर्च ५४ करोड ४७ लाख ६९ हजार १ सय ३२ रुपैयाँ, कर्मचारीले सरकारी पोशाक नलगाएको पाइएको तर सरकारी पोशाक खर्च ६१ लाख ४९ हजार, २ सय ७२ रुपैयाँ, भ्रमण खर्च २४ लाख २५ हजार ६ सय १२ रुपैयाँ, विज्ञापन खर्च ३३ लाख ४२ हजार ९ सय ७२ रुपौयाँ, अतिथि सत्कार पुजा गोष्ठी सेमिनार ९९ लाख २७ हजार ८ सय ३६ रुपैयाँ, कर्मचारीको अभद्र व्यवहार, स्वास्थ्यमा ३ लाख र गैर कानुनीरुपमा पार्किङ गरेर शुल्क उठाइएको भेटिएको छ ।

नगरपालिकाले नागरिकलाई अनेकौ कर लगाएर दुः ख दिने गरेको भेटिएको संयोजक ज्ञानेन्द्र शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्