अमेरिकी तल्लो सदनमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।

ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे ।

६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो । सन् २०१९ को डिसेम्बरमा पनि उनीमाथि महाभियोग लागेको थियो । यद्यपि, सिनेटले उनलाई आरोप मुक्त गरेका थिए । तर त्यतिबेला एकजना पनि रिपब्लिकन सांसदले ट्रम्पविरुद्ध भोट गरेका थिएनन् ।

सिनेटमा ट्रायलको क्रममा यदि दुई तिहाई बहुमतले प्रस्ताव पारित हुन्छ भने उनी तत्काल आफ्नो पदबाट हट्नुपर्ने हुन्छ । उनलाई अब कुनै पनि सार्वजनिक कार्यालयमा अयोग्य ठहर गरिदिने सम्भावना रहेको छ ।

तर ट्रम्पको कार्यकाल यसैपनि २० जनवरीमा पूरा हुँदैछ र यति कम समयमा सिनेटमा उनीविरुद्ध ट्रायल पूरा हुन सम्भव छैन । सिनेटमा रिपब्लिकन नेता मिच मेक्कानेलले यो हप्ता पनि सिनेटको बैठक हुने बित्तिकै राष्ट्रपतिको कार्यालय छोड्ने अघि अन्तिम निर्णय हुन नसक्ने बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्