भद्रकालीमा बस दुर्घटना हुँदा तीन जना घाइते



काठमाडौं : काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि आज बिहान सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन् । उनीहरु तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको महाशाखाले जनाएको छ । प्रहरीका अनुसार बस के कारण पल्टियो भन्ने खुल्न नसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्