‘खोप ल्याउन चन्दाको बिज्ञापन छाप्ने सरकारले अर्बौंको चुनाव घोषणा गर्छ’



काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार अलोकतान्त्रिक र अमानवीय भएको टिप्पणी गरेका छन् । जनताको जीवन रक्षाभन्दा जनताको भोट प्रधान ठान्ने सरकार जनताको सरकार नभएको पनि उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय !’

प्रवक्ता शर्माले खोप ल्याउन सार्वजनिक रुपमा चन्दाको विज्ञापन गर्ने तर अर्कोतिर अर्बौंको चुनाव घोषणा गर्ने भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ । भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ । तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ !’

स्वास्थ्य मन्त्रालयले हिजो (बुधबार) कोभिड–१९ खोप कोषमा योग्दान गर्न आह्वान गर्दै गोर्खापत्रमा सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्