कोरोनाले विश्वभर एकैदिन १६ हजारभन्दा बढीको मृत्यु



काठमाडौं : विश्वमा कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हिजो (बुधबार) १६ हजार १ जनाको मृत्यु भएको थियो । २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् । आज बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ ।

त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाए ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९१५ पुगेको छ । त्यहाँ एकैदिन २ लाख ३४ हजार ७९६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३६ लाख १४ हजार ६७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९२ लाख ४५ हजार ८३३ छ । २९ हजार २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्