प्रहरी जवान मृत अवस्थामा फेला



धनगढीः धनगढीमा बिहीबार बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी रहेको खुलेको छ ।

धनगढी उप-महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी हुन् ।

प्रहरीका अनुसार मृत भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । उनी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिए पनि घटनाको अन्य कोणबाटसमेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ । चौधरी गौरीगंगा नगरपालिका-१० का स्थानीय बासिन्दा हुन् ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्