प्रधानमन्त्री ओली भियतनाम जाँदै



काठमाडाै‌ं : प्रधानमन्त्री केपी ओलीले २६ वैशाखदेखि १ जेठसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने भएका छन् । जेठमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सातदिने अस्ट्रिया भ्रमण गर्दै छन् । यता, अमेरिकी र भारतीय अधिकारीको पनि नेपालमा भ्रमण हुँदै छ । 

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओली २६ वैशाखमा आफ्ना समकक्षी सुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै छन् । चीनको छिमेकी भियतनाममा उच्चस्तरीय भेटवार्ता सकेर ओली समकक्षी हुन सेनको निमन्त्रणामा कम्बोडिया जानेछन् । प्रधानमन्त्री १ जेठमा स्वदेश फर्किने तय भएको छ । 

कम्बोडियाका प्रधानमन्त्री गत भदौमा बिमस्टेकको सम्मेलनका क्रममा औपचारिक भ्रमणमा आएका थिए । उनको निमन्त्रणामा प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण हुन लागेको परराष्ट्र अधिकारीले बताए । भियतनाम र कम्बोडियामा प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो । दुवै देशमा नेपाली दूतावास छैन । बैंककस्थित नेपाली दूतावासले भ्रमणको संयोजन गरेको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत साता प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण हुने जानकारी दिएका थिए । उनले द्वन्द्वको चरणबाट गुज्रेका भियतनाम र कम्बोडियाले हासिल गरेको दु्रत आर्थिक वृद्धिको अनुभव नेपालका लागि उपयोगी हुनेसमेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई