प्रधानमन्त्रीबाट बाहिरिन खुट्टा उचालेर बसे हुन्छ : नेपाल



काठमाडौं : नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बाहिरिन तयार रहन भनेका छन् ।

नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा उनले ओलीलाई प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्न भनेका हुन् ।

केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको उनले बताए । निस्सासिएपछि हामी बोल्न बाध्य भएको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गरेको बताए ।
नेपालले पार्टीमा आफूसँग ७२ प्रतिशत रहेको भन्दै केपी ओलीले विधान विपरित केन्द्रीय संख्या थप्दै गएको पनि बताए । ओलीमाथि थप कदम चाल्नुपर्ने अवस्था आएको भन्दै बैठकमा गम्भीर छलफल हुने पनि नेपालले बताएका छन् ।

प्रतिनिधि सभाको विघटन संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने उनले बताए । उनले भने,‘जस्तो व्यक्तिका लागि पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्रीको सहमतिबाट प्रचण्डजी पछाडि हट्ने कुरामा साथ दिनु पनि मेरो गल्ती हो ।’ अध्यक्ष नेपालले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने बताए ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्