आज ४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ जनाको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो ।

योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ४०५ जना व्यक्ति संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुने व्यक्तिको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । आज थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुने व्यक्रिको संख्या १ हजार ९४३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित देखिएका छन् । योसँगै उपत्यकामा १ लाख २४ हजार ३ सय १९ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्