विप्लव समूहका नेता बास्तोलाको रिहाईका लागि चार दलको ऐक्यवद्धता



काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि विभिन्न ४ कम्युनिस्ट पार्टीहरुले ऐक्यवद्धता जनाएका छन् । कञ्चनलगायत अन्य तीन जनलाई अविलम्व रिहाई गर्न दलहरुले संयुक्त रुपमा माग गरेका हुन् ।

विप्लव समूहसहित मोहन वैद्य नेतृत्वको क्रान्तकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै रिहाईको माग गरेका हुन् ।

‘भिन्न विचार राखेकै आधारमा गरिएको गिरफ्तारी ओली सरकारको घोर निन्दनीय र फासिवादी कार्य हो’ प्रेस वक्तव्यमा भनिएको छ ।

प्रेस वक्तव्य हेर्नुस्

प्रतिक्रिया दिनुहोस्