प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइयो



काठमाडौं : उपचारका लागि भारतको मुम्बई लगिएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइएको छ । गत पुस २० गते थप उपचारार्थ उनलाई मुम्बई लगिएको थियो ।
सीतालाई हिजो स्वदेश फर्काइएको प्रचण्डको सचिवालयले जनाएको छ ।

लामो समय दिल्लीमै राख्नपर्ने अवस्थासमेत विचार गरी अध्यक्ष प्रचण्ड, छोरीहरु रेणु र गङ्गा दाहाल साथै गएका थिए । पत्नी सीतासँग अस्पतालमा छोरीहरुलाई छाडेर प्रचण्ड पुस २७ गते नै फर्किएका थिए ।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको थियो । यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्