साताको अन्तिम दिन सुनको ४ सयले बढ्यो



काठमाडौं : साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।

बिहीबार पाछावाला सुन प्रतितोला ९२ हजार एक सयमा कारोबार भएको थियो भने शुक्रबार बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजार चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्