रियललाई हराउँदै बिल्बाओ सुपर कपको फाइनलमा प्रवेश



काठमाडौं : एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा बिल्बाओले रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बिल्बाओले रियलमाथि २-१ गोलको जित निकाल्यो । बिल्बाओको जितमा दुवै गोल राउल गार्सियाले गरे । उनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको ३८ मिनेटमा बिल्बाओले पेनाल्टी पायो ।

लुकास भाज्क्युले बिल्बाओका इनिगो मार्टिनेजलाई लडाएपछि पेनाल्टी दिने निर्णय गरिएको थियो । पेनाल्टीमा गार्सियाले गोल गर्दै बिल्बाओलाई २-० ले अघि बढाए । ७३ मिनेटमा करिम बेन्जिमाले फर्काउँदै रियललाई खेलमा फर्काउने कोशिस गरे ।

अब उपाधिका लागि बिल्बाओ र बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रकाशित : २ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्