एन्डी मुरेलाई कोरोना संक्रमण



काठमाडौं : टेनिसका पूर्व विश्व नं.१ खेलाडी एन्डी मुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्न जानुअघि गरिएको परीक्षणमा मुरेलाई कोरोना संक्रमण देखिएको हो ।

कारोना देखिएसँगै ३३ वर्षीय बेलायती खेलाडी मुरेले अस्ट्रेलियन ओपन गुमाउने सम्भावन बढेको छ । जनवरी १६ मा अस्ट्रेलिया जाने तयारीमा रहेका उनी कोरोना देखिएपछि लन्डनस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

कोरोना महामारीका कारण आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरेको । यदि केही दिनमै कोरोना मुक्त नभए मुरले अस्ट्रेलियन ओपन गुमाउने छन् ।

कोरोनाका कारण केही ढिला गरी सुरु हुन लागेको अस्ट्रेलियन ओपन यस वर्ष फेब्रुअरी ८ देखि २१ सम्म मेलवर्न पार्क, रोड लेभर एरिना र मार्गेट कोर्ट एरिनमा हुँदैछ ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्