विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल



काठमाडौं : प्रतिनिधि सभा विघटनको कदमविरुद्ध नेपाली काँग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु ।’

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्