विद्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला



काठमाडौं : भक्तपुरमा एक विद्यालयको सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर घर भएका ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार बिहीबार राति ८ बजेतिर सुर्यविनायक पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा श्रेष्ठको शव फेला परेको हो ।

मृतक दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गरेको डिएसपी गिरीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रेष्ठले दिउँसो काम गरेर फर्कदा मादक पदार्थ सेवन गरेको र आफैँ खोल्सामा लडि मृत्यु भएको देखाएको छ । शव पोष्टमार्टको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्