ब्राजिलको अस्पतालमा अक्सिजनको अभाव



ब्राजिल : ब्राजिलको मनाउस नगरका अस्पतालमा कोभिड-१९ का बिरामीलाई दिन चाहिने अक्सिजनको चरम अभाव भएको बताइएको छ।

अमेजोनस प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या वृद्धि भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै सहयोग र अक्सिजनको अभावमा धेरै मानिसको मृत्यु हुनसक्ने समाचार छापेका छन्। ब्रजिलमा अहिलेसम्म दुई लाख पाँच हजार जनाको कोभिड- १९ का कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्