अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सभामुखको शुभकामना



काठमाडौं : अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सभामुख कृष्णबहादुर महराले स्वदेश तथा विदेशमा रहेका  नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर दिवसका रुपमा मनाउने गरिएको उल्लेख गर्दै सभामुख महराले श्रमिक वर्गलाई पेशागत हकहित र अधिकारका लागि संगठित हुने, संघर्ष गर्ने र एकताबद्ध भएर अघि बढ्ने प्रेरणा प्रदान गरिरहेको बताएका छन्। 

‘हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ भन्दै महराले संविधानको मर्मअनुसार संघीय संसदमा अहिले केही श्रमसम्बन्धी ऐन कानूनहरु निर्माणका क्रममा रहेको अवस्थामा रहेको  श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्माण गर्नुका साथै संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै साँचो अर्थमा मजदूरहरुले अधिकार प्राप्त गर्नेछन् भन्ने मैले विश्वास लिएको बताएका छन्।  

 

प्रतिक्रिया दिनुहोस्