आज २७० कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित रहेका छन् । ३ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १ सय २५ पुगेको छ ।

आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल २ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १ सय ६५ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा २ आइसियु र १ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ६० आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३७ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सूदुरपश्चिम प्रदेशमा १ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्