प्रचण्ड-नेपाल समूहले माघ १६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने



काठमाडौँ : नेकपा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रममा जोड दिने भएको छ ।

बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

बैठकमा सातै प्रदेशका इन्चार्जले जिल्लाको सांगठिक अवस्था र जारी आन्दोलनको प्रभाकारीताबारे ब्रिफिङ् गरेका थिए ।

प्रकाशित : २ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्