कस्तुरीको दाँतसहित ५ जना पक्राउ



डोल्पा : शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ५ जनालाई पक्राउ गरेको छ । कस्तुरीको दाँत र हतियारसहित निकुञ्जको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।

निकुञ्जको टोली र नेपाल प्रहरीले विशेष सूचनाको आधारमा माघ १ गते राति जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिका ५ जनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा त्रिपूरा सुन्दरी नगरपालिका ११ वर्ष ४५ का मनबहादुर बुढा, ११ कै वर्ष ३७ का चन्द्रप्रसाद बुढा, वडा नम्बर ७ का वर्ष ४१ का सूर्यबहादुर बुढा, वर्ष ३० का चन्द्र केसी र वर्ष २१ का गोकर्ण बुढा स-प्रमाणसहित पक्राउ परेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक २ थान, गोली ५० थान, बारुदको डिब्बा २ थान, वन्यजन्तुको जस्तो देखिने सिङमा बारुद भरिएको २ थान, कस्तुरीको दारा ५ थान र एक भाँचिएको सहित ६ थान, केप एक डिब्बा, कस्तुरीको जस्तो देखिने खुट्टा दुई थान, वन्यजन्तुको सिङ एकथान, कस्तुरी मार्न प्रयोग गरिने पासो १४ थान र सलाइ एक थान बरामद भएको बताए ।

विशेष सूचना पाएपछि प्रहरी र निकुञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक राजु पाण्डेले जानकारी दिए । निकुञ्जका सिनियर गेमस्काउट धर्मराज हमालको नेतृत्वमा नेपाल प्रहरीको त्रिपूराकोट चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार उनीहरुलाई कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

विराटनगर : मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपा विप्लव समूहसँग हुने भनिएको वार्ताको

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने

काठमाडौं । जसपाले प्रतिनिधिसभा विघटनको विरोधका आइतबार देशव्यापी प्रदर्शन गरेको छ । जसपाले सबै महानगर,

नवलपलरासी । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन्

जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं : नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले संसद् विघटनविरुद्ध परेको रिट निवेदन विचाराधीन रहेका

काठमाडौँ : नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट अदालत रत्तिभर विचलन