६ लाख चोरेर भाग्ने क्रममा खुङखार चोर अनामनगरबाट पक्राउ



काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले अनामनगरबाट ६ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेकाे एक जनालाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान जिल्लाको धरान नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनानगर नै बस्ने वर्ष ३२ का कृतन राई रहेका छन् । प्रहरीका अनुसार राई खुङखार चोर हुन् । अनामनगरस्थित लालबहादुर राईको घरको पहिलो तलामा रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा कोही नभएको अवस्थामा दराजको सेफभित्र राखिएको नगद चोरी गरेर भाग्ने क्रममा राईलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालय ललितपुर पाटन घर भएका निशान भन्ने खगेन्द्र श्रेष्ठले सञ्चालन गर्दै आइरहेका थिए । सोही कार्यालयबाट नगद ६ लाख झोलामा राखेर कार्यालयको झ्यालबाट हामफाली भाग्ने क्रममा उनलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डीएसपी बोगटीले बताए ।

बोगटीका अनुसार राईले सोही कार्यालयबाट २ वर्षअघि ल्यापटप समेतको धनमाल चोरी गरी सो मुद्दामा २ वर्ष कैद सजाय भोगेर कारागारबाट भुक्तान गरी छुटेको १ महिना नबित्दै पुन चोरी कार्यमा संलग्न भएका हुन् । पक्राउ परेका राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई