नेकपाको ओलीपक्षीय प्रदेश सम्पर्क कमिटीले कार्यकर्ता भेला गर्दै, ओलीले सम्बोधन गर्ने



काठमाडौं : नेकपाको केपी ओली पक्षले आज (शनिबर) काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । ओलीनिकट प्रदेश एकको नेकपा प्रदेश सम्पर्क कमिटीले तिनकुनेस्थित रोयल इभेन्ट ब्यंक्वेटमा उक्त भेला गर्न लागेको हो ।

कार्यकर्ता भेला शनिबार दिउँसो १२ बजे हुने बताइएको छ । भेलालाई प्रधानमन्त्री ओली‚ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शहरी विकासमन्त्री प्रभू साहले सम्बोधन गर्ने तय भएको नेताहरुले बताएका छन् ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि अनौपचारिक रुपमा विभाजित भएको नेकपा अहिले एकअर्काविरुद्धकै शक्ति संघर्षमा छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले संसद विघटन असंवैधानिक भन्दै ओलीको कदमविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ भने ओली मूहले संसद विघटन संवैधानिक भएको भन्दै बचाउ गर्दै आएको छ ।

यद्यपि संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, जुन अहिले संवैधानिक इजलासमा सुनुवाइको क्रममा रहेका छ ।

प्रतिक्रिया दिनुहोस्